काठमाडौं। राष्ट्रिय स्वतन्त्र सभापतिका रवि लामिछानेले आफूले कसैको पैसा नठगेको स्पष्ट पारेका छन् । आज (शुक्रबार) आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले आफूलाई सहकारी ठगी प्रकरणमा फसाउन सकिन्छ कि भनेर केही शक्ति लागेको आरोप लारोप लगाए । उनले आफुहरु सरकारमा हुँदा नै सहकारीको समस्या समाधान गर्नेगरि काम गरेको दाबी गरे । उनले सहकारी पीडितहरुलाई पैसा फिर्ता गराउन गम्भीर भएर लागिपर्ने वचन दिए ।
सम्बोधनको क्रममा लामिछानेले भने,‘मैले कसैको पैसा ठगेको छैन। अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असोज २०८१, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने