काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यही असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन्।
आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता दिन असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने उनले जानकारी गराएका छन्।
‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई हालै सहकारीको बचत अपचलन सम्बन्धनमा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले दोषी ठहर गरेको छ।
यहीबीच उनले आफ्ना विषयमा सार्वजनिक सुनुवाइ गर्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने