काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले बाढी पहिरो प्रभावितहरूका लागि तत्काल पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। लुभेनमा आयोजित विभिन्न संघसंस्थाका प्रतिनिधि, राजदूत तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा संघकी अध्यक्ष सीता सापकोटाले यस्तो घोषणा गरेकी हुन् ।
नजिकिँदै गरेको दशैं, तिहारको शुभकामना आदानप्रदान, नेपाल हाउसको निर्माणलगायत विभिन्न विषयमा छलफल गर्न पूर्वनिर्धारित कार्यक्रम आयोजना गरिएको थियो । तर अन्त्यमा उक्त कार्यक्रम रद्द गरिएको थियो।
कार्यक्रमको शुरूआतमै बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।
'यस्तो दुखद् घडीमा हामीले शुभकामना आदानप्रदान गर्न सकेनौं, अतिथिहरूलाई खादा माला लगाएर सम्मान गर्न पनि सकेनौं, अन्यथा नलिनुहोला,' सापकोटाले भनिन्, 'प्राकृतिक विपत्तिमा हामीले विगतदेखि नै महत्त्वपूर्ण सहयोग गर्दै आएका छौं, यसपटक पनि तत्कालका लागि हामीले पाँच लाख रुपैयाँ राहत दिनेछौं।
कार्यक्रमका संयोजक काशी दनैले एनआरएनए बेल्जियमले घोषणा गरेको राहत रकम सरकारले बनाएको कार्यविधिअनुसार हस्तान्तरण गर्ने बताए । 'हामीले व्यक्तिगत रूपमा लगेर दिने छैनौं। कसरी राहत वितरण गर्ने भन्ने बारे केही योजना बनाइनेछ, सबैसँग सल्लाह गरेर सकेसम्म चाँडो राहत दिनेछौं,' उनले भने।
कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपालमा आएको प्राकृतिक संकटको संसारभर रहेका नेपालीहरू मिलेर सामना गर्नु पर्ने बताए ।'यस्ता विपतहरूमा बेल्जियममा रहेका नेपाली समुदाय सधै अग्रभागमा रहेर मानविय सहयोगका निम्ती लाग्नु भएको हामीले देखेका छौं,' उनले थपे।
कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिहरूले नेपाल हाउस निर्माण, नेपाली समुदायको हित र भविष्यका योजनाहरूमा आफ्ना महत्त्वपूर्ण विचारहरू राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?