काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिएका हुन् ।
किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए ।
सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।
हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भएपनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।
जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ। जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन