जनकपुर । मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । अन्य ८ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २–२ जना पुरुष र सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् । ९ वटा चौपाया मरेका छन् । ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको एसपी बोहराले बताए ।
यस्तै पाँचसयजना मानिस बाढी र डुबानबाट विस्थापित भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद् जोखिम न्यूनीकरण परिषद् बैठकमा वायु प्रदूषणका विषयमा छलफल
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक