काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गरिने बताइएको छ ।
सरोकारवाला मन्त्री र सचिवहरू रहेको बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, आवास क्षति भएकालाई निर्माण लगायतका विषयमा निर्णय गर्ने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता
चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
मधेसमा विपद्: चालु आर्थिक वर्षमा ४२२ जनाको मृत्यु