काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मुलुक संघीय व्यवस्थामा गएपछि यता स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच पुगेको बताएका छन्।
मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि जनताले आफ्नै गाउँ ठाउँमा स्वास्थ्य र शिक्षाको सुविधा पाउन थालेको बताए।
उनले शिक्षा र स्वास्थ्य अति आवश्यक कुरा भएको बताए। पछिल्लो समय स्वास्थ्य र शिक्षामा नेपाल आत्मनिर्भर बन्ने अभियानमा अगाडि बढिरहेको भन्दै देउवाले भने, ‘सरकारले पनि यी दुवै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।’
पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षता तथा पूर्व प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संघीय सरकारका कानुनमन्त्री अजय चौरसिया, पूर्व उद्योग मन्त्री रमेश रिजाल, मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, काँग्रेस केन्द्रीय सदस्य अनिल रुंगटा, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम लगायतको पनि सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असोज २०८१, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन : देउवा
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’