काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धीहरुको कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आफूहरुले सहयोग गर्ने बताएका छन् । आज (आइतबार) संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रगमन संविधान संशोधनको पक्षमा आफूहरु रहेको बताएका हुन् ।
‘अहिलेको उपलब्धीहरुलाई कुनै पनि हालतमा, कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी, यसको परिमार्जन र विकास गर्नेगरी, साझा सहमतिको आधारमा संविधान संशोधन गरौं भन्ने कुरामा हामी प्रष्ट छौं । त्यसमा हामी सबैको सहयोग रहन्छ,’– उनले भने ।
वर्तमान राजनीतिक परिवर्तनबाट नेपाली जनतालाई राजनीतिक अधिकारमात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न आवासजस्ता विषयमा नयाँ जीवन दिन सकियो कि सकिएन भन्ने कुराको समीक्षा हुनुपर्ने उनले बताए ।
नेता श्रेष्ठले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने पनि बताए । नेपाली जनताले खोजेको रुपान्तरण, विकास र जीवन पद्धतिमा खोजेको परिवर्तनको पक्षमा काम गर्न सकियो भनेमात्रै संविधान र लोकतन्त्रलाई बचाउन सकिने उनले बताए ।
पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाका सन्दर्भमा सबैले न्यूनतम् सहमति कायम गनुपर्ने आवश्यक्ता औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ