हेटौडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुर सिं लामा, सतारूढ दल नेकपा एमाले संसदलीय दलक नेता तथा पूर्वमन्त्री जगन्नाथ थपलियाको हस्ताक्षरमा न्यूतम साझा कार्यक्रम सार्वजनिक भएको हो । कार्यक्रममा विपक्षी दल राप्रपाको संसदीय दलका नेता उद्दव थापाको पनि उपस्थिति थियो ।
६७ बुँदे न्यूतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनीका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइनेलगायतका विषय समेटिएका छन् ।
बागमतीमायोजना बैंक यसअघि नै स्थापना भइसकेको छ । मुख्यमन्त्री बहादुर सिं लामाले आगामी बजेटका लागियोजना बैंकलाई सक्रिय बनाउनेयोजनाअनुसार कार्यक्रममा राखिएको बताए ।यो न्यूतम साझा कार्यक्रमले जनताको आकांक्षाअनुसार तदारूकताका साथ काम गर्न ल्याइएको लामाले बताए । सरकारको कामकारकाही प्रभावकारी ढंगले अगाडि बढाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस