काठमाडौँ । आइतबार सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो । कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो ।
आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो । ९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् ।
आइतबार कुल ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार