काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।
नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।
जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । लिग-२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै