वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आउँदो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् ।
मोदी आगामी हप्ता तीन दिने अमेरिका भ्रमणमा जाँदैछन् । उनी सेप्टेम्बर २१ देखि २३ गतेसम्म अमेरिका भ्रमणमा रहनेछन् । यसै क्रममा मोदीसँग आफूले भेट्ने ट्रम्पले भनेका छन् । भेटघाटबारे ट्रम्पले धेरै जानकारी उपलब्ध गराएका छैनन् । मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको क्वाड सम्मेलनमा भाग लिन अमेरिका जान लागेका हुन् ।
क्वाड लिडरहरूको सम्मेलनमा नरेन्द्र मोदी बाहेक अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीज र जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि सहभागी हुनेछन् । चार नेताहरूको यो चौथो शिखर सम्मेलन हो । सम्मेलनमा नेताहरूले विगत एक वर्षमा भएका कामको प्रगतिको समीक्षा गर्नेछन् ।
यसमा नेताहरूले इन्डो–प्यासिफिक क्षेत्रका देशहरूलाई उनीहरूको विकास लक्ष्यहरू पूरा गर्न मद्दत गर्न आगामी वर्षको एजेन्डा तय गर्नेछन् । आगामी वर्ष हुने क्वाड सम्मेलनको आयोजक भारत हुनेछ । क्वाड समूहमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ