काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दाबी गरे । ‘अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ,यो सरकार २०८४ को चुनावसम्म जान्छ,’ ‘पौडेलले भने,‘सरकारको स्थिरतासंगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान गएको छ ।’
विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बताए। ‘निराशाबाट आशाबादी र क्रमशः अनुकूलतामा बदल्ने प्रयास भइरहेको छ’ उनले भने । मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको स्विकार्दै पौडेलले अब स्थानीयले जोतभोग र भोगचलन गरेको क्षेत्र बाहेकको बाँकी क्षेत्रमा मात्रै औद्योगिक क्षेत्र बनाउने तयारीमा सरकार रहेको प्रष्ट पारे ।
बुटवल-नारायणगढ र बुटवल-चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने चर्चा गर्दै पौडेलले प्रादेशिक अस्पताल, बिटिआई, अन्तराष्ट्रिय सम्मेलन सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुराउने बताए ।
बुटवलमा अर्बौँ लगानीमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकार पनि बुटवलको आर्थिक विकासमा कोशेढुंगा हुने पौडेलको तर्क छ । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका राय सुझावका आधारमा नीतिगत सुधारको थालनी गरिसकेको भन्दै अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
नाफिजको पोस्ट बजेट कार्यक्रममा अर्थमन्त्री पौडेल सहभागी हुने
बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ : अर्थमन्त्री पौडेल
बजेट यथार्थपरक ल्याएको छु : अर्थमन्त्री पौडेल