काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको सिंहको सचिवालयले जानकारी दिएको छ ।
भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । मन्त्री सिंहले काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि जोड दिएका थिए ।
सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह