काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।
भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी