काठमाडौं । नेपाली र अमेरिकी सेनाको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ।
अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ। अभ्यास असोज ४ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
सांसद बनेका पाँच पूर्व सुरक्षाकर्मीप्रति सेनाभित्रै किन बढयो चासो ?
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो