काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन्।
यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाए ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरू जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गरे । “तपार्ईँ व्यवसायीहरूले निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “तपाईँहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहरीकरणमा कमी हुनेछैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ