तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास–७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको बोलेको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जिपले सडकमा हिँड्दै गरेकी बालिकालाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो।
जिपको ठक्करबाट घाइते बालिकाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बालिकाको मृत्यु भएपछि जिप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ