गण्डकी । गण्डकी प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दै छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगन भएको प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।
प्रदेश सभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र निजी फर्मसम्बन्धी विधेयक छलफलका क्रममा रहेको उनको भनाइ छ । प्रदेश सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक पनि केही दिन अघि प्रदेश सभा सचिवालयलमा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती