काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् ।
उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन् । फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ ।
किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएको थियो ।
साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए ।
नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य