काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताएका छन् । उनले सर्वोच्चको उक्त फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गरेको पनि बताए ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उनले यो निर्णयमाथि सरकार भ्याकेटमा तत्काल जानुपर्ने धारणा राखे । ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚’ उनले भने‚ ‘यो फैसला गर्दा बागमती संस्कृतिप्रति सम्माननीय सर्वोच्च अदालतको ध्यान गएको पाइँदैन।’
सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’