काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।
सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो ।
‘कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ,’ परराष्ट्र स्रोतले भन्यो,‘अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ ।’यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित