काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् ।उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन÷चारदिनमा फर्किनेछन् ।
उनलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।
तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई २०७८, १० मंसिरमा चीन लगिएकफ थियो । चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उनले नियमित फलोअप चेकजाँच गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा