एजेन्सी । श्रीलंकामा भएको तेस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ।
श्रीलंका स्क्वाड डेभलपमेन्ट टोलीले नेपाली राष्ट्रिय टोलीविरुद्ध ५ विकेटको जित निकालेको हो।
पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा १५९ रन मात्रै बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ४३ रन बनाएका थिए भने श्रीलंकाका गरुका संकेथले ३९ रन दिएर ४ विकेट झारेका थिए।
१६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्टले २६.५ ओभरमै उक्त लक्ष्य पूरा गरेको हो। नेपालले श्रीलंका डेभलपमेन्टको ५ विकेट झारेको थियो।
जितका लागि के सन्जुलाले ६८ रनको पारी खेले। नेपालका गुल्सन झाले २६ रन दिएर २ विकेट लिए।
नेपालका लागि सोमपाल कामीले पनि २ विकेट नै हात पर्दा ललितनारायण राजवंशीले एक विकेट लिए।
नेपाली टोलीको कप्तानी सोमपाल कामीले गरेका थिए। रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी ग्लोबल टी–२० खेल्न क्यानडामै थिए। नेपालबाट १२ जना मात्रै श्रीलंका पुगेका छन्। थप ५ जना भिसाको प्रक्रियाका कारण क्यानडा गएका छैनन्।
अभ्यासका लागि श्रीलंका पुगेको नेपालले खराब मौसमका कारण त्यहाँ एक खेल मात्रै खेल्न पाएको हो। यसपछि नेपाल त्रिदेशीय सिरिजका लागि क्यानडा प्रस्थान गर्ने तालिका छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल