काठमाडौं। नेपाली कांग्रेस रुपन्देहीले 'खुल्ला मिनी म्याराथन प्रतियोगिता' गर्ने भएको छ । १११औं वीपी जयन्तीको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार प्रतियोगिता यही भदौ २४ गते भैरहवामा हुनेछ ।
युवाहरूमा खेलप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट शुरू भएर लुम्बिनी रोड, बुद्ध चोक, बरमेलीटोल, नारायणथान हुँदै मिलनचोक पुगेर समापन हुनेछ कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता बिहान ६:३० देखि शुरू हुनेछ । प्रतियोगितामा खुल्ला र महिला तर्फका विजेताले अलग-अलग पुरस्कार पाउने छन् ।
खुल्लातर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ र मेडल, द्वितीय पुरस्कार हजार र मेडल, तृतीय पुरस्कार ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरू २ जनालाई १ हजार ५ सय रुपैयाँ र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ तथा मेडल, द्वितीय पुरस्कार ५ हजार र मेडल, तृतीय पुरस्कार ३ हजार रुपैयाँ र मेडलको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै