काठमाडौं। नेपाली कांग्रेस रुपन्देहीले 'खुल्ला मिनी म्याराथन प्रतियोगिता' गर्ने भएको छ । १११औं वीपी जयन्तीको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार प्रतियोगिता यही भदौ २४ गते भैरहवामा हुनेछ ।
युवाहरूमा खेलप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट शुरू भएर लुम्बिनी रोड, बुद्ध चोक, बरमेलीटोल, नारायणथान हुँदै मिलनचोक पुगेर समापन हुनेछ कार्यक्रम संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता बिहान ६:३० देखि शुरू हुनेछ । प्रतियोगितामा खुल्ला र महिला तर्फका विजेताले अलग-अलग पुरस्कार पाउने छन् ।
खुल्लातर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ र मेडल, द्वितीय पुरस्कार हजार र मेडल, तृतीय पुरस्कार ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरू २ जनालाई १ हजार ५ सय रुपैयाँ र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी महिलातर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ तथा मेडल, द्वितीय पुरस्कार ५ हजार र मेडल, तृतीय पुरस्कार ३ हजार रुपैयाँ र मेडलको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?