एजेन्सी । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।
अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।
राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० भदौ २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार