काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । हिजो पहिलो दिनको अभ्यास खेल ठूलो वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।
श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल भोलि खेल्ने तालिका छ । अभ्यास खेल पछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।
नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै