काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि नेपालले आज श्रीलंका डेभलपमेन्टसँग तीन एकदिवसीय अन्तर्गत दोस्रो अभ्यास खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा १० बजे सुरु हुनेछ । हिजो पहिलो दिनको अभ्यास खेल ठूलो वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।
श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल भोलि खेल्ने तालिका छ । अभ्यास खेल पछि नेपाल क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।
नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर