एक महिने गुँला पर्व सकियो

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, ०८ : ५३
एक महिने गुँला पर्व सकियो

काठमाडौ । नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सकिएको छ । 

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सकिएको हो । 

एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । 

प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म  व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस