एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजामा मृत फेला परेका ६ जना इजरायली बन्धकलाई जीवितै फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका छन्।
अर्कातर्फ हमासले युद्धविराम सम्झौता नभए अन्य बन्धकहरू पनि ‘कफनमा घर फर्किने’ चेतावनी दिएको बीबीसीले जनाएको छ।
आफूविरुद्ध प्रदर्शन देशमा प्रदर्शन जारी रहेका बेला इजयराली प्रधानमन्त्री नेतान्याहुले जनतासँग क्षमा मागेका हुन्।
नेतान्याहुले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्दै सोमबार बन्धकका परिवारले विरोध प्रदर्शन गरेका थिए।
अर्कातर्फ बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब बढ्दै गएको छ।
तर इजरायली प्रधानमन्त्री अझै पनि आफ्नो अडानमा अडिग छन् र गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा जोड दिएका छन्।
हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १८ भदौ २०८१, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
राजदूतसँग प्रधानमन्त्रीले सिधा भेट नगर्ने
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक