ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १२ : ०९
ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा

कास्की । जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ ।  कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्ने गरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताए। 

 

प्रतिक्रिया दिनुहोस