काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् ।
‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।
अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
पार्टीको नेता तथा कार्यकर्ता उनलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल