काठमाडौँ । डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् । ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् ।
उनले आफुलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफुमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् ।
उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगि, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफुले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
महामन्त्री थापा पुगे विशेष महाधिवेशन स्थल, बन्दसत्र सुरु हुँदै
विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा