काठमाडौँ । डा. मुकुन्द ढकालले आफुमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् । ढकालले आफुलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् ।
उनले आफुलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सो सम्बन्धि पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफुमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन् ।
उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगि, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफुले सो को विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
भूमि सम्बन्धी विधेयक संसद्को कार्यसूचीबाट हटाइयोस् : महामन्त्री शर्मा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा
कांग्रेस महामन्त्री थापा मधेस प्रदेश आउँदै
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा