काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताले भने,‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने भएको छ।
उनले भने,‘ विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित