काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताले भने,‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने भएको छ।
उनले भने,‘ विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)