काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए ।
गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताविरुद्ध नाराबाजी गरेका थिए । आफूविरुद्ध नाराबाजी भएपछि देउवा आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ