काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए ।
गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताविरुद्ध नाराबाजी गरेका थिए । आफूविरुद्ध नाराबाजी भएपछि देउवा आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ