एजेन्सी । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुन: महाभियोगको लागि अपील दायर गरेका छन् ।
यस पुनरावेदनमा उनीविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति (छूट)सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी आएको हो ।
नयाँ अपीलले ट्रम्प विरुद्धको चार आपराधिक मुद्दालाई यथावत राखेको छ तर उनको कथित दुर्व्यवहारको बारेमा केही विवरणहरू प्रदान गर्दछ ।
ट्रम्पले २०२० को चुनावमा कुनै पनि हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । उनका प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेन दौडबाट पछि हटेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ भदौ २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प