काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन् ।
सोमवार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए ।
उनले अस्पतालहरूमध्येमा प्रसूति तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए । उनले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरू राम्रो रहेको बताए । उनले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताए । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति सीमित रहेको पनि बताए ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ । खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन । रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन । अस्पतालहरूमध्येमा प्रसूति अलि अगाडि, अलि व्यवस्थित छ । यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रूपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिनँ’, उनले भने, ‘तर तुलनात्मक रूपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ । अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन । साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन । उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ । अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति एकदमै समिति छ, हाम्रो जनशक्ति थोरै छ ।’
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोसिस गरिरहेको बताए । उनले तीन सय शैय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल