काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको मिति तय नहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम प्रस्ताव गरेको छ । राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले मेयरका लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक एक जनाको नाम सिफारिस गरेको छ ।
कीर्तिपुर नगरपालिमा निकट भविष्यमा हुन लागेको उप निर्वाचनका लागि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडाले जनाएका छन् ।
यस्तै वडा नं १ मा सुरेन्द्रप्रसाद उप्रेती वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ ।गत साउन १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मिर्गौला रोगका कारण निधन भएको थियो । रिक्त रहेको उनको स्थानमा पदपूर्ति गर्नका लागि उपनिर्वाचन गर्नुपर्नेछ ।
निर्वाचन आयोगले आगामी मङ्सिरको तेस्रो साता जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन गर्ने जनाए पनि मिति भने तोकिसकेको छैन। देशभर नगर प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, वडाध्यक्ष २८ गरी विभिन्न स्थानीय तहमा रिक्त रहेको ३४ पदका लागि उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक