काठमाडौं। मुस्ताङको दामोदरकुण्ड जाँदा बिरामी परेकी गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई उद्धार गरेर जोमसोम ल्याइएको छ ।बिहीबार बिरामी परेकी गौचनलाई नेपाली सेनाको टोलीले उद्धार गरेर जोमसोम बजार ल्याएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
भदौ २ गते दामोदरकुण्ड पुगेकी सांसद गौचन बिरामी परेपछि सेनाको डाक्टर अधिकृतसहितको उद्धार टोलीले खटिएको थियो ।प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न कठिनाइ भएपछि सेनाको टोलीले आवश्यक औषधि तथा उद्धार सामग्रीसहित शुक्रबार मुस्ताङको सदरमुकाम जोमसोम ल्याएको हो ।
उनलाई डोकोमा बोकेर तथा घोडामा चढाएर जोमसोम ल्याइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
सांसद बनेका पाँच पूर्व सुरक्षाकर्मीप्रति सेनाभित्रै किन बढयो चासो ?
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो