काठमाडौं। मुस्ताङको दामोदरकुण्ड जाँदा बिरामी परेकी गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई उद्धार गरेर जोमसोम ल्याइएको छ ।बिहीबार बिरामी परेकी गौचनलाई नेपाली सेनाको टोलीले उद्धार गरेर जोमसोम बजार ल्याएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
भदौ २ गते दामोदरकुण्ड पुगेकी सांसद गौचन बिरामी परेपछि सेनाको डाक्टर अधिकृतसहितको उद्धार टोलीले खटिएको थियो ।प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न कठिनाइ भएपछि सेनाको टोलीले आवश्यक औषधि तथा उद्धार सामग्रीसहित शुक्रबार मुस्ताङको सदरमुकाम जोमसोम ल्याएको हो ।
उनलाई डोकोमा बोकेर तथा घोडामा चढाएर जोमसोम ल्याइएको सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना