काठमाडौँ । नेपाली काँग्रेसले दुई विभागमा सदस्य मनोनीत गरेको छ। काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको हो ।
सभापति शेरबहादुर देउवाले नेपाली विभागअनुसार पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनीत गरेको उनले बताए ।
महिला विभागमा मनोनयन भएका सदस्यहरूमा रेणु प्रधान श्रेष्ठ-धनगढी, तुल्सा पन्त-झापा, कमला लामिछाने-गोरखा, झल विश्वकर्मा-काठमाडौँ, कविता इटानी-धादिङ, मिलन साह-महोत्तरी, आशा थापा मगर-तनहुँ, रामकुमारी थापा-सुर्खेत, देवका वेल्वासे-दाङ र डा. शशी थापा पण्डित-काठमाडौँ रहेका छन् ।
यस्तै शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरूमा राजु थापा-गोरखा, निर्मला क्षेत्री-अर्घाखाँची, आशिष खतिवडा-मोरङ, नरेन्द्र डी.सी.-रोल्पा, देवराज नेपाल-काठमाडौँ, मातृका शेर्पा-ताप्लेजुङ, सोनीकुमारी बम्जन-सर्लाही, रामदत्त जोशी-डडेल्धुरा, दिनेश सन्जयल-कालिकोट र लालमणि पाण्डे-कञ्चनपुर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका