काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ ।
अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्रीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डुम्रे न्यौपानेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ। यस्तै सरस्वतीले पनि एसएलसीकै नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।
शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर