काठमाडौँ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो ।
साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।
सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु