बुटवल । जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ।
पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएको तथ्यांक छ।
स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएको छ।
यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छन्। संक्रमण र न्यूनीकरणका लागि स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पत्राचार गरी सचेतनामूलक अभियान चलाउन निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु