काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानकारुपमा निर्माण गर्ने चासो देखाएको छ ।
भारत सरकारले उपचार सेवाका लागि हाल बनाउन लागेको तीन सय शय्याको डीपीआर तयार भएकोमा सो अपुग भएकाले हजार शय्याकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेपछि भारतीय पक्षले उक्त चरणको अस्पताल निर्माण भइसकेपछि हजार शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सो प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डीपीआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शय्याको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आएको बताइएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो । सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रूपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रूपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल