काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनले बताए ।
सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
बीपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बाढी-पहिरोको कारण अझै कुन-कुन राजमार्ग अवरुद्ध छन् ?
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
आज कुन-कुन राजमार्ग छन् अवरुद्ध ? (सूचीसहित)
विभिन्न राजमार्ग १८ ठाउँमा अवरुद्ध