काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधि सभामा छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।
संसद्मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो । यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो ।
विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।
२५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।
यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफल सहित सर्वसम्मत रुपमा पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ