ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन। ललितपुरमा आइतबार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए । उनले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने र बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । उहाँले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ूहामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छौं । जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला।
यस्तै, आफूलाई अधिकार नै नभएको, राजनीतिक पार्टी ब्याण्ड भएको जमानाबाट हुर्किएको युवा बताउँदै उनले अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्ने रु त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताए । उनले ुब्लेम गेमु गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह
राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह