काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् ।
लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो । त्यसैगरी क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्धय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले १६ मंसिर २०७७ मा फैसला सुनाएको थियो ।
उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । पटक-पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए ।
झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्यालाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ