काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
“आठ वर्षअघि २९ लाख ७० हजार विद्युत् ग्राहक थिए, हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीको पहिचान गरेर विद्युतीकरण गर्ने कार्य भइरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने, “अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ ।”
आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेको उनले जनाए । आफ्नो दोस्रो कार्यकाल सुरु हुनुअघि (तीन वर्षअघि) देशमा विद्युतीकरणको अवस्था ८९ प्रतिशत रहेको उनले बताए । अहिले देशमा विद्युतीकरण ९९ प्रतिशत पुगेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ
सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ
फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
सडक निर्माण गर्ने अहिले उपयुक्त मौसम हो, कामलाई तीव्रता दिनूस्: मन्त्री घिसिङ
कीर्तिपुर क्रिकेट रङ्गशाला हस्तान्तरणसँगै नेपालको क्रिकेट उज्यालो भविष्यतर्फ : मन्त्री घिसिङ