काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले टीआरसी विधेयक अब संसदबाट तुरुन्त छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिबाट बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक सर्वसम्मतिबाट पारित हुनु सन्तोष एवम् खुशीको विषय भएको बताए।
उनले भनेका छन्, ‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कार्यभार अर्थात् सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता व्यक्ति खोजबिन आयोगका कामहरू सम्पन्न गरेर शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्ने कार्य करिब १६ वर्ष देखि अल्झिरहेको अवस्थामा अब छिट्टै पूरा हुने अपेक्षा गर्न सकिन्छ ।’
नेपालको मौलिक शान्ति प्रक्रियाको बाँकी कार्यभार पीडितलाई न्याय दिने, समाजमा मेलमिलाप र दिगो शान्ति स्थापना गर्ने गरी यथाशीघ्र सफल पार्न आग्रह गरेका छन्। उनले थपेका छन्, ‘अब यो प्रस्तावित विधेयक संसदबाट तुरुन्त छोटो प्रक्रियाद्वारा पारित गरिनु पर्दछ र त्यसपछि दुवै आयोगहरू विश्वसनीय ढंगले गठन गरी आयोगलाई साधन स्रोतसहित सक्रिय पारिनुपर्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको बाँकी कार्यभार पीडितलाई न्याय दिने, समाजमा मेलमिलाप र दिगो शान्ति स्थापना गर्ने गरी यथाशीघ्र सफल पारौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ