काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्रीय सदस्य, पार्टी प्रदेश प्रमुखहरूले आफ्ना धारणा राख्नेछन् । साथै समसामयिक राजनीतिक विषयहरूमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । बैठक साउन २८ गतेसम्म सञ्चालन हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।
बैठकमा बुधवार प्रस्तावहरू प्रस्तुत भएका थिए भने बिहीबारको बैठकमा प्रदेश प्रमुख र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । आज पनि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)